Saturday, May 25

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा शुभकामना आदानप्रदान तथा बिदाई कार्यक्रम सम्पन्न


दक्षिण कोरिया / बैशाख ०२
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले नयाँ वर्ष २०७६ को उपलक्षमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै आफ्नो ४ वर्ष १० महिनाको कार्यवधी सम्पन्न गरेर नेपाल फर्कन लाग्नु भएका पत्रकार महासंघ दक्षिण कोरियाका सचिब , अर्घाखाँची सम्पर्क मञ्चका पत्रकार संयोजक केशब पोखरेललाई बिदाई समेत मन्चले गरेको छ ।


आइतबार राजधानी सौल तोङ्देमुन स्थिति नाङ्लो रेस्टुरेन्टको हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
त्यसै गरि अर्घाखाँची बाट अध्ययनको शिलशिलामा कोरिया आईपुगेका नवागंतुक बिद्यार्थी मन्जु खनाल पन्थी र गणेश क्षेत्री लाई स्वागत समेत अर्घाखाँची सम्पर्क मंचले गरेको छ ।
अर्घाखाँची तथा अन्य जिल्लाका विभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रम मा सबैले एक आपसमा शुभकामना आधान प्रदान समेत गरेका थिए ।
मन्चका सल्लाहकार तथा एन सि सि महासचिव निर्मल बेल्वासे ,मंचका सल्लाहकार बिनोद खनाल र पत्रकार महासंघ दक्षिण कोरिया का सचीव केशव पोखरेल को आथित्यमा सम्पन्न उक्त कार्यक्रम मंच का अध्यक्ष सुन्दर पन्थी को सभापतित्व,मंचका उपाध्यक्ष हेमराज पोखरेल को स्वागत मन्तब्य र सचीव दिपक खनालको संचालनमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *