Saturday, May 25

नेपाली एकता समुह फाजु दक्षिण कोरियाद्वारा रचना वाचन तथा भेटघाट कार्यक्रम सम्पन्न

दक्षिण कोरिया / बैशाख १५
नेपाली एकता समुह फाजु, दक्षिण कोरियाले रचना वाचन तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार फाजुको खुम्छोन स्थित हिमालयन रेष्टुरेन्टमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
फाजुमा रहेका धेरै नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको उपस्थिति तथा कोरियाको विभिन्न ठाउँबाट आउनुभएका रचनाकार हरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाका उपाध्यक्ष तथा साहित्यकार कमल बाछिटे र सदस्य मनकाजि शाक्य तथा अन्य धेरै रचनाकारहरूको दमदार प्रस्तुति रहेको थियो।

समुहका संरक्षक सुवास लामिछाने र भजिन्द्र क्षेत्रि, सल्लाहकार गणेश प्रसाद तिमील्सिना र सरोज के सिको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम समुहका का अध्यक्ष राजु कुमार राउत को सभापतित्व,समुहका उपाध्यक्ष दिपक खनालको स्वागत मन्तब्य र सचीव टार्जन राईको संचालनमा सम्पन्न भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *