Sunday, May 26

प्राज्ञिक विद्यार्थी परिषद नेपालको नयाँ बर्ष स्वागतार्थ कार्यक्रम सम्पन्न

विवश विष्ट
बुटवल/ बैशाख ०२
नवबर्ष २०७६ साल तपाईं हाम्रो घरआँगनमा आइरहदा गाउँसहरमा शुभकामना आदानप्रदान कार्यक्रम भइरहेका छन। पाज्ञिक विद्यार्थी परिषद नेपाल, हिन्दु स्वमसेवक संघ नेपाल र राष्ट्रिय सेविका नेपालको संयुक्त आयोजनामा बुटबलको पुष्पलाल चोकमा नयाँ बर्षको स्वागतार्थ कार्यक्रम गरिएको छ। शनिबार बेलुका ६ बजे पुष्पलाल पार्कमा दिप प्रज्वलन गरेर नयाँ बर्षको स्वागताआरम्भ गरिएको हो।

उक्त शुभकामना आदानप्रदान तथा नवबर्ष स्वागतार्थ कार्यक्रमको औपचारिक रुपमा अन्टार्टिका पुग्ने पहिलो नेपालीका रुपमा परिचित तथा अध्यक्ष भुवनसिंह बिक को अध्यक्षता र प्रमुख अतिथिमा हिन्दु स्वंमसेवक सघंका सेवा प्रमुख मनोज मिथ्थल रहनुभएको थियो। त्यसैगरि कार्यक्रम विशिष्ट अतिथि प्राज्ञिक विद्यार्थी परिषद बुटवल नगर एकाई कमिटिका अध्यक्ष यज्ञप्रसाद न्यौपाने रहनुभएको थियो।

प्राज्ञिक विद्यार्थी परिषद नेपालका सहसचिव बद्रीप्रसाद भट्टराई, प्रदेश न ५ का सदस्य नगेन्द्र ठाकुर लगायतले बौल्दै नयाँ बर्षको शुभकामना साथै नवबर्षलाई स्वागत आरम्भ गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *