Saturday, May 25

फाजु एकता समाज दक्षिण कोरियाले विशेष रचना वाचन कार्यक्रम गर्दै


दक्षिण कोरिया / बैशाख ०८

नेपाली एकता समाज फाजु दक्षिण कोरिया (NUGP) ले मिति २०१९/०४/२७ शनिबारको दिन विशेष रचना वाचन तथा नेपाली नयाँ वर्ष २०७६ को शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम गर्ने भएको छ । कार्यक्रम फाजुको खुम्छोन मा रहेको हिमालयन नेपाली रेष्टुरेन्टमा उक्त दिन साँझ ७ बजेबाट सञ्चालन हुनेछ। फाजुमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई सहभागिता गराई सबैजना एक आपसमा हातेमालो गर्दै अघि बढ्ने उदेश्यका साथ गर्न लागिएको फाजु एकता समाज का उपाध्यक्ष दिपक खनाल ले जानकारी दिनु भयो ।

उक्त कार्यक्रममा कोरियामा रहेका उत्कृष्ट सर्जकहरूका रचनाहरू प्रस्तुत गरि भरपुर मनोरञ्जन प्रदान गरिने छ। विशेष रचना बाचनमा नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको उपाध्यक्ष कमल बाछिटे तथा मानकाजी शाक्य रहनुहुने छ भने अन्य स्थानीय सर्जकहरुको पनि विशेष प्रस्तुति रहने छ।

सम्पूर्ण फाजुबासी नेपाली दाजुभाई, दिदीबहिनी, पत्रकार तथा समाजसेवी व्यक्तित्वहरूलाई कार्यक्रममा उपस्थित भैदिनुहुनको लागि यस नेपाली एकता समाज फाजु हार्दिक अनुरोध समेत गरेको छ ।
कार्यक्रम हुने स्थान र मिति :
मिति : २०१९/०४/ २७ शनिबार साझ ७ बजे
स्थान : हिमालयन नेपाली रेस्टुरेन्ट ,खुम्छोन फाजु

Leave a Reply

Your email address will not be published. Required fields are marked *