Saturday, May 25

स्वतन्त्र पत्रकारको केन्द्रीय अध्यक्षमा के बि मसाल


विवश विष्ट/तनहुँ,२९ बैशाख।
स्वतन्त्र पत्रकार संघ नेपालको आठौं वार्षिक साधारण सभा तथा तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। शनिबार तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका भानु माविमा सम्पन्न महाधिवेशनको बन्द सत्रबाट बरिस्ठ पत्रकार के बि मसाललाई केन्द्रीय अध्यक्षतामा ३१ सदस्य कार्यसमिति चयन गरेको छ।

केन्द्रिय कार्य समितिको वरिष्ठ उपाध्यक्षमा केबि सम्राट रहेका छ्न । खुला उपाध्यक्ष राजेन्द्र जङ्ग रायमाझी, महिला उपाध्यक्षमा अम्बिका पाण्डे, महासचिब जिबनलाल सुवेदी, अन्जन न्यौपाने डेढ-डेढ बर्ष का लागि सहमती भएको हो ।

उप-महासचिबमा छबिलाल सुनार, कोषाध्यक्षमा सालिक्राम पाण्डे, सह कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ, तीन जना महिला सदस्यहरुमा २ जना सीता दर्नाल र अमृता असिय चुनिएका छन । खुला केन्द्रिय सदस्यहरुमा महाप्रशाद खतिवदा , माहानन्द सापकोटा,नरेन्द्र ढकाल, प्रेम गिरि, मोहन ढकाल, उर्गेन लामा निर्वाचित भएका छन । मधेसी कोटा सदस्यबाट देबनारायन शाह रहेका छन ।

उद्घाटन समारोहमा बोल्दै गण्डकी प्रदेश तनँहु जिल्लाका प्रतिनिधि सभा सांसद किशान श्रेष्ठ, तनँहुका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा लगायतले दिगो बिकास र समृद्ध राष्ट्रका लागी पत्रकार स्वतन्त्र हुनुपर्नेमा जोड दिएका छन।

त्यसैगरि प्रदेश न ५ ले प्रदेश कार्यसमिति चयन गरेको छ। प्रदेशको कार्यसमितिमा अध्यक्षमा विष्णु देवकोटा सहित ११ सदस्य चयन गरेको छ। उपाध्यक्षमा ईश्वर पौडेल, सचिवमा बिन्दु घिमिरे , सह-सचिवमा भुमबहादु सुर्यवशी(प्रदीप), कोषाध्यक्षमा बिमल भट्टराई चयन भएका छन। त्यसै गरि सदस्यमा समीर ढकाल, विवश विष्ट , राम ज्ञवाली, दिला शाह, अंकित डिसि,बसन्त भट्ट रहेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *