Saturday, May 25

स्वतन्त्र पत्रकार सँघ रुपन्देहीको क्यालेन्डर बिमोचन तथा शुभकामना आदानप्रदान


विवश विष्ट
बुटवल/बैशाख १०
स्वतन्त्र पत्रकार सँघ रुपन्देही शाखाले नयाँ बर्ष २०७६ को क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। बुधबार जिल्ला कार्य समिति रुपन्देही र क्यालेन्डर निर्माण समितिले एक कार्यक्रमका बिच क्यालेन्डर बिमोचन गरिएको हो।

क्यालेन्डर बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रमको औपचारिक रुपमा रुपन्देही शाखा कार्यसमितिका अध्यक्ष अनिल पहाडीको अध्यक्षता रहेको थियो भने स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय उपमहासचिब राजेन्द्रजँग रायमाझीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो। विशेष अतिथिमा केन्द्रीय पार्सद सीता दर्नाल, प्रदेश पार्सद विवश विष्ट, रमेश श्रीवाज लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो।

क्यालेन्डर निर्माण समितिका संयोजक इश्वरी पौडेलले भित्तेपात्रो निर्माणमा सहयोग गर्ने सम्पुर्ण सदस्यहरुलाई धन्यवाद दिदै नयाँ बर्षको शुभकामना व्यक्त गर्नुभएको थियो। त्यसैगरि कार्यक्रमका प्रमुख अतिथि रायमाझीले अब हुँदै गरेको स्वतन्त्र पत्रकार सँघको राष्ट्रिय महाधिवेशनमा उपस्थित भई सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको थियो। कार्यक्रमको समापन गर्दै जिल्ला अध्यक्ष पहाडीले सबैलाई धन्यवाद दिदै आगामि कार्य योजनाहरु पनि यसरी सम्पन्न गर्नुपर्छ भन्दै नयाँ बर्षको शुभकामना दिनुभएको थियो। कार्यक्रमको संचालन जिल्ला समिति रुपन्देही उपाध्यक्ष चक्रपाणि डुम्रेले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *