Sunday, May 26

हाम्रो देश बिकास को प्रमुख समस्या : भ्रष्टाचार

पृथ्विराज नेपाल

र्थिक हिनामिना, असामाजिक र अनैतिक कृयाकलाप र अन्य भ्रष्ट गतिबिधि जस्को परीणाम स्वोरुप राष्ट्रमा अनैतीकता पैदा हुन्छ आर्थत कुनै पद वा दायित्व लिएको व्यक्तिले आफ्नो अधिकार र हैसियतलाई दुरूपयोग गरी अनुचित ढङ्गबाट आर्थिक हिनामिना गर्ने काम नै भ्रष्टाचार हो ।हो एस्तै खालको नराम्रो एक सामाजिक बिकृती बिश्वकै धेरै देसमा प्रमुख समास्या मा रहेको यो भ्रष्टाचार हाम्रो जस्तो सानो गरिब अबिकसित देसमा पनि प्रमुख समस्यामा देखिएको छ यो हाम्रो देश को प्रमुख समस्या को रुपमा रहेर देश लाई बिकास भन्दा नि अबिकास तर्फ अगि बढाएको छ।पछिल्लो समय ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाललगायत मुलुकमा भ्रष्टाचारविरोधीलाई निस्तेज पार्ने प्रयासलाई प्रमुख चुनौती मानेको छ।गत बर्ष नेपाल १२२ औं स्थानमा थियो । नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग , अनुगमन र कारवाहीमा कमि , राजनीतिक भ्रष्टाचार जस्ता दिर्घकालीन समस्या यथावत नै रहेको ट्रान्सपरेन्सीले जनाएको छ । त्यस्तै भ्रष्टाचार अवधारणा सूचकांक २०१८ मा नेपालले पाएको अंकले भ्रष्टाचारको अवस्था चिन्ताजनक रहेको देखिएको छ।

                भ्रष्टाचार दिनानुदिन बढ्दै छ देस मा परिवर्तन आउला भन्दै सोच राखेका जनता दिनानुदिन निराशा मा परिबर्तन हुँदै छन देस मा दुई तिहाइ प्राप्त सरकार छ तेस्ले गरेको काम केही राम्रो छ भने केही नराम्रो पनि रहिरहेको छ।तल्लो स्तर मा रहेका देखि लिएर देस बनाउन जनता बाट चुनिएका मन्त्री नेता सम्म भ्रष्टाचार ले जरो गाडेर खुब मौलाउदै आएको छ हजार लाख त हाम्रो देशमा सामान्य हुन थाल्यो भ्रष्टाचार करोडौं अरबौ खरबौ को हिसाब मा अहिले भ्रष्टाचार बढिरहेको छ तर किन हो माथिल्लो निकाए देखि नै एस्को छानबिन बलियो हुन सकेन देशमा भ्रष्टाचार रोक्ने प्रमुख अंग अख्तियार नै भ्रष्टाचार मा मुछिदै आएको त तपाई हामी नेपाली जनता ले छर्लङ्ग देखिएको छ।

मेरो देश कुनै बेला संसारको जुन ठाँउमा नि सकारात्मक कुरा बाट चिनिने देस पछिल्लो समय भ्रष्टाचार हुने देस को १२४ औ स्थान मा भेटिन्छ ।सुन्दा पनि सारै नराम्रो हुन्छ नेपाली जनतालाई देस मा केहि गर्छु भन्ने मान्छेलाई ठाउ छैन राजनीति आफ्ना नातेदार भ्रष्टाचार आदिले गर्दा गर्न सक्ने भन्दा नि पैसाले गर्दा जस्तो मान्छेनी अगि बढ्यो जस्ले गर्दा देस बन्ने त परै जाउस बनेका कुरा पनि बेचिदै बिग्रेका इतिहास हामिले देखि सकिम। हाम्रो देश प्राकृतिक रुपमा धनि देस जलस्रोत को दोस्रो धनी देस आज पानी खान नेपालि जनता लाई हाहाकार छ ।नेपालि जनाताको टाउको मा ३१००० हजार रुपिया ऋण को भारी छन एस्को प्रमुख समस्या भनेको भ्रष्टाचार हो।इतिहासमा कुनै बेला बाहिरि देश लाई सहयोग गर्ने मेरो आज बाहिरी देश ले सहयोग गर्न सुद्द पत्याउन छोडेको अबस्थामा आइ सक्यो । देश को तल्लो ठाउ देखि लिएर माथील्लो निकाए सम्म भ्रष्टाचार नभएको कुनै ठाउ छैन जस्ले गर्दा नेपाली जनता पुरै निराश मा छन।देस चुनाव को बेला नेता हरुले जेजे भन्छन त्यो कागज मै सिमित हुँदै आएको छन ।देसमा भ्रष्टाचार प्रमुख कारण छ जस्ले गर्दा देस बिकास कहिले फड्को मार्न सकेन जो माथी पुग्यो त्यो सदै माथी छ जो तल गरिब छ त्यो सदै तेहि गरिब नै छ।पैसा हुनेले सबै थोक किन्न सके नहुने भोकै मर्नु पर्ने अबस्थामा मेरो देश छ।
आज सम्म जेजे भनेनी भ्रष्टाचार बर्सै पिच्छे बढै गएको छ । येस्को प्रमुख सम्स्या नेपाली जनता र नेपाल लाई परेको छ।भ्रष्टाचार को प्रमुख कारण नेपाली कर्मचारी र हाम्रो देशका नेता हुन । जस्ले गर्दा नेपाली जनता पीडित छन ।केही काम गर्न सरकारी कार्यलय गयो एसो उसो गर्छन काम गर्दिन्नन तेस पछि १०० मा हुने कामलाई १०००० तिर्न पर्ने स्थिति सरकारी कार्यलयमा छ । घुस नदिए काम गर्दिन्न घुस दिए आफै ठगियो देस को भ्रष्टाचार बढ्दै जान्छ । नदिए काम गर्दिन्न कर्मचारी जनताको आफ्नो आबस्यक्ता पूरा हुन्न काम नबनेसी बाद्देताले नि घुस दिनै पर्यो संबंधित निकाएमा कुरा राख्यो तेहि निकाए मिलेको हुन्छ । तेहि भ्रष्टाचारि शीत तेस पछि आफै दोसि भएर झन उल्टो रकम तिर्न पर्ने स्थिति आउँछ।घुस दिने नै उस्तै हुन भन्ने कुरा पनि गर्लान तर घुस नदिएसम्म काम नै गर्दिन्न तेस पछि के गरून बिचरा सोजा जनता बाध्यता ले नि घुस दिन्छन काम हुने आसमा आफू लुटिन्छन ।
देश मा भ्रष्टाचार मौलाउदै गएको छ । अहिले देसमा दुई तिहाइ को बहुमत प्राप्त ओलि सरकार छ । जस्लाइ नेपाली जनताले ठुलो आस गरेको छ एस्का केही काम नराम्रो छ भने कुनै काम ओलि सरकार ले गरेका ठिक पनि छ।अहिले सरकार ले देश को बिकास गर्न आफुले देखेको देस बिकास को सपना पूरा गर्न प्रमुख समस्या को रुपमा रहेको भ्रस्टाचार रोक्नु सक्नु पर्छ ।भन्न त सम्मानिय प्रधानमन्त्री ज्यु ले भन्नू हुन्छ भ्रष्टाचार नि गर्दिन गर्निको मुख पनि हेर्दिन । प्रधानमन्त्री ज्यु को कुरा त एक दम सहि हो तर बिडम्बना यो भाषण मा मात्रै भएको छ अहिले सम्म अहिले देशमा भएको वाइडबडि प्रकर ले देश लाई र देसको राजनीति लाई जो हल्लाउँदै आएको छ एस्मा भएको भ्रष्टाचार को अनुसन्धान गरि आफ्ना हुन या अरु कसैलाई पनि नछाड्ने गरि प्रधानमन्त्री ज्यु ले पत्ता लगाई कामकारबाहीमा अगाडी कडा रुपमा बढाउनु पर्च ।भ्रष्टाचार गर्ने प्रमुख नाइके ठुलो माछा छोप्न सके साना तिना आफै पछि हट्छन यो समस्या हटाउन प्रधानमन्त्री ज्यु ले जुन भासण गर्नु भएको छ त्यो काममा पनि राम्रो संघ कार्यनवयन होस जसरी हजुरले भ्रष्टाचार अन्त गर्ने सपना देख्नु भाछ तेस्तै किसिम को काम गर्दै जानुहोस ३ करोड नेपाली ओलि को साथमा छन ।हजुर लाई जनता ठूलो आस गरेर बसेका छन सुनिन्छ भ्रष्टाचार को अन्त अब ओलि कै पालामा हुन्छ भन्ने तर यो कुरा प्रधानमन्त्री ज्यु ले भासन मै सिमित नहोस ।प्रधानमन्त्री ज्यु भ्रष्टाचार रोक्न पहिला आफ्नै पाटी आफ्नै सरकार बाट सुरु गर्दै जानू होस हाम्रो अरु को नभन्नुहस
स।
लेखक:पृथ्विराज नेपाल , बुटवल देवीनगर, रुपन्देही

Leave a Reply

Your email address will not be published. Required fields are marked *