Saturday, May 25

Month: April 2019

नेपाली एकता समुह फाजु दक्षिण कोरियाद्वारा रचना वाचन तथा भेटघाट कार्यक्रम सम्पन्न

नेपाली एकता समुह फाजु दक्षिण कोरियाद्वारा रचना वाचन तथा भेटघाट कार्यक्रम सम्पन्न

International
दक्षिण कोरिया / बैशाख १५ नेपाली एकता समुह फाजु, दक्षिण कोरियाले रचना वाचन तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । शनिबार फाजुको खुम्छोन स्थित हिमालयन रेष्टुरेन्टमा उक्त कार्यक्रम सम्पन्न भएको हो । फाजुमा रहेका धेरै नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको उपस्थिति तथा कोरियाको विभिन्न ठाउँबाट आउनुभएका रचनाकार हरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाका उपाध्यक्ष तथा साहित्यकार कमल बाछिटे र सदस्य मनकाजि शाक्य तथा अन्य धेरै रचनाकारहरूको दमदार प्रस्तुति रहेको थियो। समुहका संरक्षक सुवास लामिछाने र भजिन्द्र क्षेत्रि, सल्लाहकार गणेश प्रसाद तिमील्सिना र सरोज के सिको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम समुहका का अध्यक्ष राजु कुमार राउत को सभापतित्व,समुहका उपाध्यक्ष दिपक खनालको स्वागत मन्तब्य र सचीव टार्जन राईको संचालनमा सम्पन्न भएको
हाम्रो देश बिकास को प्रमुख समस्या : भ्रष्टाचार

हाम्रो देश बिकास को प्रमुख समस्या : भ्रष्टाचार

Information
पृथ्विराज नेपाल आर्थिक हिनामिना, असामाजिक र अनैतिक कृयाकलाप र अन्य भ्रष्ट गतिबिधि जस्को परीणाम स्वोरुप राष्ट्रमा अनैतीकता पैदा हुन्छ आर्थत कुनै पद वा दायित्व लिएको व्यक्तिले आफ्नो अधिकार र हैसियतलाई दुरूपयोग गरी अनुचित ढङ्गबाट आर्थिक हिनामिना गर्ने काम नै भ्रष्टाचार हो ।हो एस्तै खालको नराम्रो एक सामाजिक बिकृती बिश्वकै धेरै देसमा प्रमुख समास्या मा रहेको यो भ्रष्टाचार हाम्रो जस्तो सानो गरिब अबिकसित देसमा पनि प्रमुख समस्यामा देखिएको छ यो हाम्रो देश को प्रमुख समस्या को रुपमा रहेर देश लाई बिकास भन्दा नि अबिकास तर्फ अगि बढाएको छ।पछिल्लो समय ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाललगायत मुलुकमा भ्रष्टाचारविरोधीलाई निस्तेज पार्ने प्रयासलाई प्रमुख चुनौती मानेको छ।गत बर्ष नेपाल १२२ औं स्थानमा थियो । नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग , अ
कोरियाबाट करिब ४४ लाख रुपैयाँ रास्कोट अस्पताललाई सहयोग

कोरियाबाट करिब ४४ लाख रुपैयाँ रास्कोट अस्पताललाई सहयोग

Information
कृष्ण पुरी/कोरिया अप्रील २७ रबि लामिछाने फाउन्डेसन द्वारा निर्माण भइरहेको रास्कोट सामुदायिक अस्पताललाई सहयोगार्थ कोरियाबाट ४३ लाख ८४ हजार ३ सय छैसठ्ठी रुपैयाँ हस्तान्तरण गरिएको छ । कोरियाबासी परोपकारी, मनकारी तथा राष्ट्रप्रेमी नेपाली सहयोगी मनहरुबाट संकलित उक्त आर्थिक सहयोग रकम राष्ट्रप्रेमी लोकप्रिय पत्रकार तथा सामाजिक अभियन्ता रबि लामिछानेलाई आज शनिबार वैशाख १४ गते न्युज २४ कार्यालयमा उक्त अभियानका अभियन्ताहरु, सहयोगी तथा प्रतिनिधिहरुको उपस्थितिमा हस्तान्तरण सम्पन्न गरिएको हो । देशकै दुर्गम कालीकोट जिल्लामा निर्माण हुन लागिरहेको रास्कोट सामुदायिक डिजिटल अस्पताललाई आर्थिक साहायता दिलाउन कोरियाबाट स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकता अभियान को पहलमा रास्कोट अस्पताल सहयोग अभियान मार्फत कोरियाबासी राष्ट्रप्रेमी,परोपकारी ,नेपाली सहयोगी मनहरुको साथ, सहयोग सगै सद्भाव र एक्यवद्धतामा
स्वतन्त्र पत्रकार सँघ रुपन्देहीको क्यालेन्डर बिमोचन तथा शुभकामना आदानप्रदान

स्वतन्त्र पत्रकार सँघ रुपन्देहीको क्यालेन्डर बिमोचन तथा शुभकामना आदानप्रदान

National
विवश विष्ट बुटवल/बैशाख १० स्वतन्त्र पत्रकार सँघ रुपन्देही शाखाले नयाँ बर्ष २०७६ को क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। बुधबार जिल्ला कार्य समिति रुपन्देही र क्यालेन्डर निर्माण समितिले एक कार्यक्रमका बिच क्यालेन्डर बिमोचन गरिएको हो। क्यालेन्डर बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रमको औपचारिक रुपमा रुपन्देही शाखा कार्यसमितिका अध्यक्ष अनिल पहाडीको अध्यक्षता रहेको थियो भने स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय उपमहासचिब राजेन्द्रजँग रायमाझीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो। विशेष अतिथिमा केन्द्रीय पार्सद सीता दर्नाल, प्रदेश पार्सद विवश विष्ट, रमेश श्रीवाज लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो। क्यालेन्डर निर्माण समितिका संयोजक इश्वरी पौडेलले भित्तेपात्रो निर्माणमा सहयोग गर्ने सम्पुर्ण सदस्यहरुलाई धन्यवाद दिदै नयाँ बर्षको शुभकामना व्यक्त ग
होली वाइन काण्डका कारण विवादित एसिया प्यासिफिक सम्मेलनमा तीन करोड ९९ लाख रुपैयाँ सरकारी खर्च!!

होली वाइन काण्डका कारण विवादित एसिया प्यासिफिक सम्मेलनमा तीन करोड ९९ लाख रुपैयाँ सरकारी खर्च!!

National
काठमाडौं/ बैशाख ०८ होली वाइन काण्डका कारण विवादित एसिया प्यासिफिक सम्मेलनमा तीन करोड ९९ लाख रुपैयाँ सरकारी खर्च भएको छ। युनिभर्सल पिस फेडेरेसनको आयोजनामा भएको सम्मेलनमा सरकारको एक पैसा पनि खर्च नहुने दावी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। अर्थ मन्त्रालयले भने उक्त रकम भुक्तानी दिइसकेको छ।  सम्मेलनमा सहभागी हुन आएका अतिथिको स्वागत, सुरक्षा, भोज लगायतका शीर्षकमा सरकारले खर्च गरेको थियो। अर्थ मन्त्रालयले पटक–पटक गरेर उक्त सम्मेलनमा भएको खर्चको भुक्तानी गरेको देखिन्छ।  अर्थ मन्त्रालयले सार्वजनिक गरेकोे खर्च विवरण अनुसार सम्मेलनमा सहभागी विशिष्ठ व्यक्तिका लागि रात्रीभोज खुवाउन ३० लाख १० हजार खर्च भएको छ। यो खर्च भुक्तानीका लागि परराष्ट्र मन्त्रालयलाई रकमान्तर गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएको छ। यसका साथै सरकारले ३८ लाख ९१ हजार रुपैयाँ अतिथिको सुरक्षाका लागि नेपा
फाजु एकता समाज दक्षिण कोरियाले विशेष रचना वाचन कार्यक्रम गर्दै

फाजु एकता समाज दक्षिण कोरियाले विशेष रचना वाचन कार्यक्रम गर्दै

Information
दक्षिण कोरिया / बैशाख ०८ नेपाली एकता समाज फाजु दक्षिण कोरिया (NUGP) ले मिति २०१९/०४/२७ शनिबारको दिन विशेष रचना वाचन तथा नेपाली नयाँ वर्ष २०७६ को शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम गर्ने भएको छ । कार्यक्रम फाजुको खुम्छोन मा रहेको हिमालयन नेपाली रेष्टुरेन्टमा उक्त दिन साँझ ७ बजेबाट सञ्चालन हुनेछ। फाजुमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई सहभागिता गराई सबैजना एक आपसमा हातेमालो गर्दै अघि बढ्ने उदेश्यका साथ गर्न लागिएको फाजु एकता समाज का उपाध्यक्ष दिपक खनाल ले जानकारी दिनु भयो । उक्त कार्यक्रममा कोरियामा रहेका उत्कृष्ट सर्जकहरूका रचनाहरू प्रस्तुत गरि भरपुर मनोरञ्जन प्रदान गरिने छ। विशेष रचना बाचनमा नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको उपाध्यक्ष कमल बाछिटे तथा मानकाजी शाक्य रहनुहुने छ भने अन्य स्थानीय सर्जकहरुको पनि विशेष प्रस्तुति रहने
प्राज्ञिक विद्यार्थी परिषद नेपालको नयाँ बर्ष स्वागतार्थ कार्यक्रम सम्पन्न

प्राज्ञिक विद्यार्थी परिषद नेपालको नयाँ बर्ष स्वागतार्थ कार्यक्रम सम्पन्न

National
विवश विष्ट बुटवल/ बैशाख ०२ नवबर्ष २०७६ साल तपाईं हाम्रो घरआँगनमा आइरहदा गाउँसहरमा शुभकामना आदानप्रदान कार्यक्रम भइरहेका छन। पाज्ञिक विद्यार्थी परिषद नेपाल, हिन्दु स्वमसेवक संघ नेपाल र राष्ट्रिय सेविका नेपालको संयुक्त आयोजनामा बुटबलको पुष्पलाल चोकमा नयाँ बर्षको स्वागतार्थ कार्यक्रम गरिएको छ। शनिबार बेलुका ६ बजे पुष्पलाल पार्कमा दिप प्रज्वलन गरेर नयाँ बर्षको स्वागताआरम्भ गरिएको हो। उक्त शुभकामना आदानप्रदान तथा नवबर्ष स्वागतार्थ कार्यक्रमको औपचारिक रुपमा अन्टार्टिका पुग्ने पहिलो नेपालीका रुपमा परिचित तथा अध्यक्ष भुवनसिंह बिक को अध्यक्षता र प्रमुख अतिथिमा हिन्दु स्वंमसेवक सघंका सेवा प्रमुख मनोज मिथ्थल रहनुभएको थियो। त्यसैगरि कार्यक्रम विशिष्ट अतिथि प्राज्ञिक विद्यार्थी परिषद बुटवल नगर एकाई कमिटिका अध्यक्ष यज्ञप्रसाद न्यौपाने रहनुभएको थियो। प्राज्ञिक विद्यार्थी परिषद नेपालका सहसचिव ब
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा शुभकामना आदानप्रदान तथा बिदाई कार्यक्रम सम्पन्न

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा शुभकामना आदानप्रदान तथा बिदाई कार्यक्रम सम्पन्न

International
दक्षिण कोरिया / बैशाख ०२ अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले नयाँ वर्ष २०७६ को उपलक्षमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै आफ्नो ४ वर्ष १० महिनाको कार्यवधी सम्पन्न गरेर नेपाल फर्कन लाग्नु भएका पत्रकार महासंघ दक्षिण कोरियाका सचिब , अर्घाखाँची सम्पर्क मञ्चका पत्रकार संयोजक केशब पोखरेललाई बिदाई समेत मन्चले गरेको छ । आइतबार राजधानी सौल तोङ्देमुन स्थिति नाङ्लो रेस्टुरेन्टको हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । त्यसै गरि अर्घाखाँची बाट अध्ययनको शिलशिलामा कोरिया आईपुगेका नवागंतुक बिद्यार्थी मन्जु खनाल पन्थी र गणेश क्षेत्री लाई स्वागत समेत अर्घाखाँची सम्पर्क मंचले गरेको छ । अर्घाखाँची तथा अन्य जिल्लाका विभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रम मा सबैले एक आपसमा शुभकामना आधान प्रदान समेत गरेका थिए । मन्चका सल्लाहकार तथा एन सि सि महासचिव
एम्स माबिमा शुभकामना आदानप्रदान तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

एम्स माबिमा शुभकामना आदानप्रदान तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

Entertainment
विवश विष्ट बुटवल/ चैत ३० नयाबर्ष २०७६ को पावन अवसरमा एम्स माबि बुटवलले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। वार्षिक कार्यक्रम अन्तर्गत उक्त कार्यक्रममा अभिभाबक भेला तथा नतिजा प्रकाशन पनि गरेको छ । शुक्रबार गरिएको कार्यक्रमको अध्यक्षतामा एम्स कलेजका क्याम्पस प्रमुख बिकास श्रेष्ठ तथा एम्स एजुकेशन फाउन्डेसनका अध्यक्ष धनिश्वर गौतमको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै गौतमले एम्सको प्रगतिमा सबै क्षेत्रको उत्तिकै योगदान रहेको बताउनुभयो । स्कुलका प्राचार्य तथा प्रबन्ध निर्देशक गोपालप्रसाद न्यौपानेले एम्सको भबिश्य उज्वल रहेको र एम्सलाइ एजुकेशनको ब्राण्ड बनाउने बताउनुभएको थियो । कार्यक्रममा प्राध्यापकहरु तुलसी महतो,बिनोद शाक्य,गोबिन्द शर्मा बस्याल,महेन्द्र पाण्डे, बाबुराम पाण्डे , सुरेन्द्रराज ज्ञवाली, लंक बस्नेत,पत्रकार कपिल ज्ञवाली,कर्मचारी कवित
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले नयाँ वर्षको अबसरमा शुभकामना आदान-प्रदान कार्यक्रम  गर्दै

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले नयाँ वर्षको अबसरमा शुभकामना आदान-प्रदान कार्यक्रम गर्दै

Information
दक्षिण कोरिया / चैत ३० अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले नयाँ वर्ष २०७६ को उपलक्षमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । त्यस्तै पत्रकार महासंघ दक्षिण कोरियाका सचिब , अर्घाखाँची सम्पर्क मञ्चका पत्रकार संयोजक केशब पोखरेलको बिदाई कार्यक्रम समेत रहेको अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरिया का अध्यक्ष सुन्दर पन्थी ले जानकारी गराउनु भयो । उक्त कार्यक्रममा उपस्थित भहिदिनको लागि एनसिसि काेरियाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, राजनैतिक दल भातृ संघ,संगठनका प्रतिनिधि, विभिन्न जिल्ला समन्वय समितिका साथिहरु,सम्पुर्ण अ.खा सम्पर्क मन्चका ग्रुप मेम्बर,कार्य समितिका पदाधिकारी संरक्षक,सल्लाहकारहरूलाई सादर-निमन्त्रणा समेत मंचले गरेको छ । कार्यक्रम हुने स्थान र मिति मिति - २०१९/०४/१४ ( २०७६/०१/०१ वि.स ) आईतवार स्थान - नाङ्लो रेष्टुरेन्टको हल, दोङदेमुन समय - दिउँसो ठिक १२