Saturday, May 25

Information

हाम्रो देश बिकास को प्रमुख समस्या : भ्रष्टाचार

हाम्रो देश बिकास को प्रमुख समस्या : भ्रष्टाचार

Information
पृथ्विराज नेपाल आर्थिक हिनामिना, असामाजिक र अनैतिक कृयाकलाप र अन्य भ्रष्ट गतिबिधि जस्को परीणाम स्वोरुप राष्ट्रमा अनैतीकता पैदा हुन्छ आर्थत कुनै पद वा दायित्व लिएको व्यक्तिले आफ्नो अधिकार र हैसियतलाई दुरूपयोग गरी अनुचित ढङ्गबाट आर्थिक हिनामिना गर्ने काम नै भ्रष्टाचार हो ।हो एस्तै खालको नराम्रो एक सामाजिक बिकृती बिश्वकै धेरै देसमा प्रमुख समास्या मा रहेको यो भ्रष्टाचार हाम्रो जस्तो सानो गरिब अबिकसित देसमा पनि प्रमुख समस्यामा देखिएको छ यो हाम्रो देश को प्रमुख समस्या को रुपमा रहेर देश लाई बिकास भन्दा नि अबिकास तर्फ अगि बढाएको छ।पछिल्लो समय ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाललगायत मुलुकमा भ्रष्टाचारविरोधीलाई निस्तेज पार्ने प्रयासलाई प्रमुख चुनौती मानेको छ।गत बर्ष नेपाल १२२ औं स्थानमा थियो । नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग , अ
कोरियाबाट करिब ४४ लाख रुपैयाँ रास्कोट अस्पताललाई सहयोग

कोरियाबाट करिब ४४ लाख रुपैयाँ रास्कोट अस्पताललाई सहयोग

Information
कृष्ण पुरी/कोरिया अप्रील २७ रबि लामिछाने फाउन्डेसन द्वारा निर्माण भइरहेको रास्कोट सामुदायिक अस्पताललाई सहयोगार्थ कोरियाबाट ४३ लाख ८४ हजार ३ सय छैसठ्ठी रुपैयाँ हस्तान्तरण गरिएको छ । कोरियाबासी परोपकारी, मनकारी तथा राष्ट्रप्रेमी नेपाली सहयोगी मनहरुबाट संकलित उक्त आर्थिक सहयोग रकम राष्ट्रप्रेमी लोकप्रिय पत्रकार तथा सामाजिक अभियन्ता रबि लामिछानेलाई आज शनिबार वैशाख १४ गते न्युज २४ कार्यालयमा उक्त अभियानका अभियन्ताहरु, सहयोगी तथा प्रतिनिधिहरुको उपस्थितिमा हस्तान्तरण सम्पन्न गरिएको हो । देशकै दुर्गम कालीकोट जिल्लामा निर्माण हुन लागिरहेको रास्कोट सामुदायिक डिजिटल अस्पताललाई आर्थिक साहायता दिलाउन कोरियाबाट स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकता अभियान को पहलमा रास्कोट अस्पताल सहयोग अभियान मार्फत कोरियाबासी राष्ट्रप्रेमी,परोपकारी ,नेपाली सहयोगी मनहरुको साथ, सहयोग सगै सद्भाव र एक्यवद्धतामा
फाजु एकता समाज दक्षिण कोरियाले विशेष रचना वाचन कार्यक्रम गर्दै

फाजु एकता समाज दक्षिण कोरियाले विशेष रचना वाचन कार्यक्रम गर्दै

Information
दक्षिण कोरिया / बैशाख ०८ नेपाली एकता समाज फाजु दक्षिण कोरिया (NUGP) ले मिति २०१९/०४/२७ शनिबारको दिन विशेष रचना वाचन तथा नेपाली नयाँ वर्ष २०७६ को शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम गर्ने भएको छ । कार्यक्रम फाजुको खुम्छोन मा रहेको हिमालयन नेपाली रेष्टुरेन्टमा उक्त दिन साँझ ७ बजेबाट सञ्चालन हुनेछ। फाजुमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई सहभागिता गराई सबैजना एक आपसमा हातेमालो गर्दै अघि बढ्ने उदेश्यका साथ गर्न लागिएको फाजु एकता समाज का उपाध्यक्ष दिपक खनाल ले जानकारी दिनु भयो । उक्त कार्यक्रममा कोरियामा रहेका उत्कृष्ट सर्जकहरूका रचनाहरू प्रस्तुत गरि भरपुर मनोरञ्जन प्रदान गरिने छ। विशेष रचना बाचनमा नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको उपाध्यक्ष कमल बाछिटे तथा मानकाजी शाक्य रहनुहुने छ भने अन्य स्थानीय सर्जकहरुको पनि विशेष प्रस्तुति रहने
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले नयाँ वर्षको अबसरमा शुभकामना आदान-प्रदान कार्यक्रम  गर्दै

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले नयाँ वर्षको अबसरमा शुभकामना आदान-प्रदान कार्यक्रम गर्दै

Information
दक्षिण कोरिया / चैत ३० अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले नयाँ वर्ष २०७६ को उपलक्षमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । त्यस्तै पत्रकार महासंघ दक्षिण कोरियाका सचिब , अर्घाखाँची सम्पर्क मञ्चका पत्रकार संयोजक केशब पोखरेलको बिदाई कार्यक्रम समेत रहेको अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरिया का अध्यक्ष सुन्दर पन्थी ले जानकारी गराउनु भयो । उक्त कार्यक्रममा उपस्थित भहिदिनको लागि एनसिसि काेरियाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, राजनैतिक दल भातृ संघ,संगठनका प्रतिनिधि, विभिन्न जिल्ला समन्वय समितिका साथिहरु,सम्पुर्ण अ.खा सम्पर्क मन्चका ग्रुप मेम्बर,कार्य समितिका पदाधिकारी संरक्षक,सल्लाहकारहरूलाई सादर-निमन्त्रणा समेत मंचले गरेको छ । कार्यक्रम हुने स्थान र मिति मिति - २०१९/०४/१४ ( २०७६/०१/०१ वि.स ) आईतवार स्थान - नाङ्लो रेष्टुरेन्टको हल, दोङदेमुन समय - दिउँसो ठिक १२
सरकारि जग्गा हिनामिनामा म र मेरो परिवार को संलग्नता छैन :नेता पौडेल

सरकारि जग्गा हिनामिनामा म र मेरो परिवार को संलग्नता छैन :नेता पौडेल

Information
काठमाडौं / चैत ७ प्रधानमन्त्री कार्यालयकाे जग्गा व्यक्तिकाे नाममा पास भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारमा भ्रम सिर्जना गर्नेगरी आफ्नाे नाम जाेडिएकाेप्रति नेकपाका महासचिव विष्णु पाैडेलले खण्डन गर्नुभएकाे छ । आफूले कानुनबमाेजिम दस्तुर बुझाएर मालपाेत कार्यालयबाट खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन पास गरी किनेकाेले सञ्चारमाध्यममा आएका समाचारका आधारमा भ्रममा नपर्न पनि सबैलाई आग्रह गर्नुभएकाे छ ।
स्टार रेमिटबाट बार्षिक ५० लाख र एक पटकमा ५ लाख रूपैँया पठाउन मिल्ने

स्टार रेमिटबाट बार्षिक ५० लाख र एक पटकमा ५ लाख रूपैँया पठाउन मिल्ने

Information
सौल /कोरिया। कोरियामा पहिलो पटक नेपालीको लगानीमा सन्चालित स्टार रेमिटले मई महिनाको १ तारिख देखि बार्षिक ५० हजार डलर अर्थात् ५० लाख रूपैँया बराबर पठाउन पाउने भएको जनाएको छ।यस अघि बार्षिक २० हजार हुँदै ३० हजार सम्म पठाउन पाउने व्यवस्था गरेको थियो। त्यस्तै यस अघि एकपटकमा पठाउँदा ५ हजार डलर अर्थात् ५ लाख रूपैँया पठाउन सकिने पनि जानकारी गराएको छ। कोरिया सरकारले अवैधानिक माध्यामबाट पैसा पठाउने कार्यलाई निरूत्साहित पार्न रेमिट कम्पनीहरूलाई अझ सहज र सुविधाहरू दिन पछिल्लो योजना ल्याएको हो। कोरियाको राजधानी सौलको दोंदेमुनबाट व्यवसायिक कारोबार शुरू गरेको स्टार रेमिट पछिल्लो समय कोरियाबासी नेपालीहरूमाझ लोकप्रिय भएको छ। स्टार रेमिटमा अटो डेविट र म्यानुअल सिष्टम दुवै भएकाले नेपालीहरु यस रेमिट प्रति आकर्षित भएका छन् । रेमिटले एप दर्ता गर्नेहरुलाई ५ हजार वनको कुपनको सेवा दिदै आएको छ ।
ज्योति लाईफ इन्स्योरेन्स बुटवलको रिफ्रेसमेन्ट प्रोग्राम सम्पन्न।

ज्योति लाईफ इन्स्योरेन्स बुटवलको रिफ्रेसमेन्ट प्रोग्राम सम्पन्न।

Information
विवश विष्ट बुटवल, १८ फागुन ज्योति लाईफ इन्स्योरेन्स बुटवल साखाको आयोजनामा एजेन्ट रिफ्रेसमेन्ट ट्रेनिङ प्रोग्राम शनिबार सम्पन्न गरेको छ। रिफ्रेसमेन्ट प्रोगामको अवसर पारि नयाँगाउँको मिलनपार्कमा बनभोज कार्यक्रम गरिएको थियो। कार्यक्रममा क्षेत्रीय प्रवन्धक चरण तिमिल्सिना, प्रमुख एजेन्सी म्यानेजर निर्मल शर्मा लगायत बुटवल शाखा, भैरहवा शाखा,मणिग्राम उपशाखा, तौलिहवा उपशाखा, मुर्गिया उपशाखा र बर्दघाट उपशाखाका प्रमुख उपप्रमुख,एजेन्सि म्यानेजर, असिस्टेन्ट म्यानेजर, एजेन्सि लगाएत कम्पनिमा कार्यरत कर्मचारिहरुको उत्साहपुर्ण सहभागिता रहेको थयो। इन्स्योरेन्समा प्रवेश गरेको छोटो समयमै राम्रो काम गरि सफलता प्राप्त गर्न सफल एजेन्ट अफ द मन्त गणेश पोखरेलबाट धेरे कुरा सिक्नु पर्ने र यश क्षेत्रमा राम्रो काम गर्न सधै एक्टिभ भरपर्दो तथा निष्पक्ष रुपमा खटिनु पर्ने क्षेत्रीय प्रवन्धक चरण तिमिल्सिना ले बता
हेलिकप्टर दुर्घटनामा परि मन्त्री अधिकारी सहित ६ जनाको मृत्यु

हेलिकप्टर दुर्घटनामा परि मन्त्री अधिकारी सहित ६ जनाको मृत्यु

Information
काठमाडौं / फागुन १५ संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा उनको निधन भएको हो । गृह सचिव प्रेमकुमार राईले मन्त्रीको निधन भएको पुष्टि गरेका छन् । तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गर्न बुधबार काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको हो । कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो । हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए । मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए। हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए । घटनाको विवरण आउन बाँकी छ ।
बिमानस्थलमा  नियम अनुसार सुन र रक्सी बाहेक अरु जफत हुँदैन :भन्सार प्रमुख गजेन्द्र ठाकुर

बिमानस्थलमा नियम अनुसार सुन र रक्सी बाहेक अरु जफत हुँदैन :भन्सार प्रमुख गजेन्द्र ठाकुर

Information
केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गतिविधिलाई लिएर निकै बहस र चर्चा भइरहेको छ। नेपाल आउने हवाइ यात्रुले व्यक्तिगतरूपमा ल्याएका समान विमानस्थलमा मनलाग्दी हिसाबले जफत भइरहेका टिप्पणी सामाजिक सञ्जालमा फैलिएका छन्। विदेशमा काम गर्न गएकाहरूले घर फर्किँदा ल्याएको चकलेट र कपडासमेत जफत गरिनु 'नचाहिने काम' भन्दै आलोचना र आक्रोशले सामाजिक सञ्जाल तताएको छ। हामीले यही विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरसँग जिज्ञासा राख्यौं।  ठाकुरले भने तोकिएको नियमअनुसार सुन र रक्सीबाहेक अरु कुनै सामान जफत नगरिएको बताए। झिटीगुण्टा सम्बन्धी ऐनअनुसार कुनै एक व्यक्तिले ल्याउन पाउने अधिकतम सीमाभन्दा बढी ल्याएको रक्सी र सुनमात्र जफत हुन्छ। अरु सामानको हकमा भन्सार तिरेर लिन सक्ने व्यवस्था छ। अर्थात्, तपाईंले एक लिटरभन्दा बढी र
नायिका रेखा थापाले बुजाइन श्रम मन्त्री गोकर्ण विष्टलाई ध्यानाकर्षण पत्र

नायिका रेखा थापाले बुजाइन श्रम मन्त्री गोकर्ण विष्टलाई ध्यानाकर्षण पत्र

Information
काठमाडौं / फागुन ०१ नायिका रेखा थापाले श्रम मन्त्री गोकर्ण विष्टलाई ध्यानाकर्षण पत्र बुजाएकी छिन । सामाजिक संजाल फेसबुकमा पोस्ट गरेको उनको स्टाटस एस्तो छ : 'संसार भरी रहेका सम्पूर्ण नेपाली श्रमिक दाजुभाइले नेपाल फर्किदा त्रिभुवन बिमानस्थलमा झोला झिम्टी र सामान जफत भएको बिषयमा गत साता देखी आवाज उठिरहेको छ । श्रमिक माथि हुने असम्मान व्यबहार र उनिहरुका घरेलु प्रयोजनका सामान जफत वा कर तिर्न वाध्य पार्ने नियम सच्याउन नेपाल सरकारका माननीय रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई आज मन्त्रालयमा भेटेर हजारौ श्रमिकहरुको गुनासो तथा ध्यानाकर्षण पत्र बुझाईयोI पत्र बुझ्ने बित्तिकै मानानीय मन्त्रिले अर्थ मन्त्रालय सँग समन्वय शुरु गर्नु भएको छ। पहलको लागि श्रमिकहरुको अभिभावक मन्त्री बिष्टलाई धन्यवाद ।नतिजाको पर्खाईमा !'