Saturday, May 25

National

स्वतन्त्र पत्रकारको केन्द्रीय अध्यक्षमा के बि मसाल

स्वतन्त्र पत्रकारको केन्द्रीय अध्यक्षमा के बि मसाल

National
विवश विष्ट/तनहुँ,२९ बैशाख। स्वतन्त्र पत्रकार संघ नेपालको आठौं वार्षिक साधारण सभा तथा तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। शनिबार तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका भानु माविमा सम्पन्न महाधिवेशनको बन्द सत्रबाट बरिस्ठ पत्रकार के बि मसाललाई केन्द्रीय अध्यक्षतामा ३१ सदस्य कार्यसमिति चयन गरेको छ। केन्द्रिय कार्य समितिको वरिष्ठ उपाध्यक्षमा केबि सम्राट रहेका छ्न । खुला उपाध्यक्ष राजेन्द्र जङ्ग रायमाझी, महिला उपाध्यक्षमा अम्बिका पाण्डे, महासचिब जिबनलाल सुवेदी, अन्जन न्यौपाने डेढ-डेढ बर्ष का लागि सहमती भएको हो । उप-महासचिबमा छबिलाल सुनार, कोषाध्यक्षमा सालिक्राम पाण्डे, सह कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ, तीन जना महिला सदस्यहरुमा २ जना सीता दर्नाल र अमृता असिय चुनिएका छन । खुला केन्द्रिय सदस्यहरुमा महाप्रशाद खतिवदा , माहानन्द सापकोटा,नरेन्द्र ढकाल, प्रेम गिरि, मोहन ढकाल, उर्गेन ल
स्वतन्त्र पत्रकार सँघ रुपन्देहीको क्यालेन्डर बिमोचन तथा शुभकामना आदानप्रदान

स्वतन्त्र पत्रकार सँघ रुपन्देहीको क्यालेन्डर बिमोचन तथा शुभकामना आदानप्रदान

National
विवश विष्ट बुटवल/बैशाख १० स्वतन्त्र पत्रकार सँघ रुपन्देही शाखाले नयाँ बर्ष २०७६ को क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। बुधबार जिल्ला कार्य समिति रुपन्देही र क्यालेन्डर निर्माण समितिले एक कार्यक्रमका बिच क्यालेन्डर बिमोचन गरिएको हो। क्यालेन्डर बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रमको औपचारिक रुपमा रुपन्देही शाखा कार्यसमितिका अध्यक्ष अनिल पहाडीको अध्यक्षता रहेको थियो भने स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय उपमहासचिब राजेन्द्रजँग रायमाझीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो। विशेष अतिथिमा केन्द्रीय पार्सद सीता दर्नाल, प्रदेश पार्सद विवश विष्ट, रमेश श्रीवाज लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो। क्यालेन्डर निर्माण समितिका संयोजक इश्वरी पौडेलले भित्तेपात्रो निर्माणमा सहयोग गर्ने सम्पुर्ण सदस्यहरुलाई धन्यवाद दिदै नयाँ बर्षको शुभकामना व्यक्त ग
होली वाइन काण्डका कारण विवादित एसिया प्यासिफिक सम्मेलनमा तीन करोड ९९ लाख रुपैयाँ सरकारी खर्च!!

होली वाइन काण्डका कारण विवादित एसिया प्यासिफिक सम्मेलनमा तीन करोड ९९ लाख रुपैयाँ सरकारी खर्च!!

National
काठमाडौं/ बैशाख ०८ होली वाइन काण्डका कारण विवादित एसिया प्यासिफिक सम्मेलनमा तीन करोड ९९ लाख रुपैयाँ सरकारी खर्च भएको छ। युनिभर्सल पिस फेडेरेसनको आयोजनामा भएको सम्मेलनमा सरकारको एक पैसा पनि खर्च नहुने दावी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। अर्थ मन्त्रालयले भने उक्त रकम भुक्तानी दिइसकेको छ।  सम्मेलनमा सहभागी हुन आएका अतिथिको स्वागत, सुरक्षा, भोज लगायतका शीर्षकमा सरकारले खर्च गरेको थियो। अर्थ मन्त्रालयले पटक–पटक गरेर उक्त सम्मेलनमा भएको खर्चको भुक्तानी गरेको देखिन्छ।  अर्थ मन्त्रालयले सार्वजनिक गरेकोे खर्च विवरण अनुसार सम्मेलनमा सहभागी विशिष्ठ व्यक्तिका लागि रात्रीभोज खुवाउन ३० लाख १० हजार खर्च भएको छ। यो खर्च भुक्तानीका लागि परराष्ट्र मन्त्रालयलाई रकमान्तर गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएको छ। यसका साथै सरकारले ३८ लाख ९१ हजार रुपैयाँ अतिथिको सुरक्षाका लागि नेपा
प्राज्ञिक विद्यार्थी परिषद नेपालको नयाँ बर्ष स्वागतार्थ कार्यक्रम सम्पन्न

प्राज्ञिक विद्यार्थी परिषद नेपालको नयाँ बर्ष स्वागतार्थ कार्यक्रम सम्पन्न

National
विवश विष्ट बुटवल/ बैशाख ०२ नवबर्ष २०७६ साल तपाईं हाम्रो घरआँगनमा आइरहदा गाउँसहरमा शुभकामना आदानप्रदान कार्यक्रम भइरहेका छन। पाज्ञिक विद्यार्थी परिषद नेपाल, हिन्दु स्वमसेवक संघ नेपाल र राष्ट्रिय सेविका नेपालको संयुक्त आयोजनामा बुटबलको पुष्पलाल चोकमा नयाँ बर्षको स्वागतार्थ कार्यक्रम गरिएको छ। शनिबार बेलुका ६ बजे पुष्पलाल पार्कमा दिप प्रज्वलन गरेर नयाँ बर्षको स्वागताआरम्भ गरिएको हो। उक्त शुभकामना आदानप्रदान तथा नवबर्ष स्वागतार्थ कार्यक्रमको औपचारिक रुपमा अन्टार्टिका पुग्ने पहिलो नेपालीका रुपमा परिचित तथा अध्यक्ष भुवनसिंह बिक को अध्यक्षता र प्रमुख अतिथिमा हिन्दु स्वंमसेवक सघंका सेवा प्रमुख मनोज मिथ्थल रहनुभएको थियो। त्यसैगरि कार्यक्रम विशिष्ट अतिथि प्राज्ञिक विद्यार्थी परिषद बुटवल नगर एकाई कमिटिका अध्यक्ष यज्ञप्रसाद न्यौपाने रहनुभएको थियो। प्राज्ञिक विद्यार्थी परिषद नेपालका सहसचिव ब
सरगम सञ्जालले नयाँ बर्षमा आठौं वार्षिकोत्सब मनाउँदै

सरगम सञ्जालले नयाँ बर्षमा आठौं वार्षिकोत्सब मनाउँदै

National
विवश विष्ट गुल्मी/ चैत २८ सरगम संजाल युवा क्लबले आफ्नो स्थापना कालको सातौं बर्ष पार गरेको अवसर तथा नयाँ बर्षको पावन अवसरमा आठौं वार्षिकोत्सब तथा विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ। पुरानो बर्ष २०७५ लाई बिदाइ तथा नयाँ बर्ष २०७६ लाई स्वागत गर्दै गर्दा सरगम सञ्जालले पनि नयाँ बर्षको शुभकामना आदानप्रदानका हेतुले यहि चैत ३० देखि बैसाख १ गते सम्म कार्यक्रम सञ्चालन गर्ने छ। कार्यक्रममा अन्तर टोलस्तरिय भलिबल प्रतियोगिता, खुल्ला लोकनृत्य प्रतियोगिता, चम्चादौड, बेलुनफोड जस्ता रोमाञ्चक खेलहरु हुने बताईएको छ साथमा स्थानिय प्रस्तुतिहरु रहनेछन। भलिबल तर्फ प्रथम, द्वितीय, तृतिय क्रमश सातहजार, पाचहजार र तिनहजार पाचसय मेडल र प्रमाणपत्र पुरस्कार राखिएको छ। कार्यक्रमको समुद्घाटनको लागि नेपाली काङ्ग्रेस जिल्ला सचिव खिलध्वज पन्थि लगायत स्थानिय नेता तथा बुद्धिजीवी, समाजसेवी र स्थानिय जनप्
अर्घाखाँचीको नुवाकोटमा जीप दुर्घटना : २ जनाको मृत्यु १० घाईते

अर्घाखाँचीको नुवाकोटमा जीप दुर्घटना : २ जनाको मृत्यु १० घाईते

National
अर्घाखाँची / चैत २५ नुवाकोटको लात्तेमाजमा जीप दुर्घटना, २ जनाकाे मुत्यु, १० घाइतेसन्धिखर्क देखि आज दिउसो १ बजे प्युठानको बरमलाको लागी छुटेको देउराली यातायातको लु १ ज १२२९ न को सबारी जीप दुर्घटना । जीप अर्घाखाची भुमिकास्थान नगरपालिका -८ लातेबाझमा दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको घटना स्थलमा नै निधन भएको छ ।निधन हुनेमा प्युठान बैरेनी निवासी बर्ष १४ की मोनिका आचार्य रह्को र अर्कोको पहिचान नखुलेको ।बाकी १o जना घाइते मध्ये गम्भिर ४ जना लाइ जिल्ला अस्पतालबाट बुटवल रिफर गरिएको छ् ।बाकी घाइतेको अर्घाखाची जिल्ला अस्पतालमा उपचार हुदै छ्।थप बिबरण आउन बाकी छ ।
चट्याङका कारण गुल्मीमा एक जनाको मृत्युु।

चट्याङका कारण गुल्मीमा एक जनाको मृत्युु।

National
विवश विष्ट चैत १२, गुल्मी | गुल्मी जिल्लाको अग्लुङ्ग गाउँमा मङ्गलबार दिउँसो करिब २ बजेतिर ठूलो हावाहुरी सहितको पानी सँगै चट्ट्याङ परेको छ। चट्याङका कारण अग्लुङ्ग ओख्लेदहका करिब ३४/३५ बर्षिय मैत बि.क.गम्भीर घाईते भएका थिए। उपचारको लागि एम्बुलेन्स बोलाईयो एम्बुलेन्स पनि आयो तर बिडम्बना उपचार गर्न लैजानै नपाउदै उनको बेलका करिब ५ बजे तिर मृत्यु भएको छ। बिधुतको केन्द्रिय लाईन, लघु र सौर्य उर्जाबाट प्रवाह भएको चट्याङले अधिकांस मानिसकलाई असर पुर्‍याएको थियो जसकारण स्थानिय केही व्यक्तिहरु बेहोस सँगै घाइते भएका थिए उनिहरुको जीवन सामान्य तर्फ आएको बताईएको छ। साथै पशु प्राणीलाई पनि असर पुग्दा बाख्रा र बोका मोरेका छन भने एक स्थानीयको दुहुने भैंसी मोरेको छ।
कैलाली टिकापुर घटनाका मुख्य अभियुक्त  रेशम चौधरीलाई जन्मकैदको फैसला

कैलाली टिकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला

National
कैलालि / फागुन २२ जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताए । लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । उनले तीन वर्ष जेल बसिसकेकाले आजै रिहा हुने भएका छन् । थारुहट आन्दोलनको बेला २०७२ भदौ ७ गते टीकापुरमा आन्दोलन चर्किएको थियो । सो आन्दोलनमा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी १ नाबालक र ८ प्रहरीको ज्यान गएको थियो । चौधरी गतवर्ष सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वा्चित भएका थिए । चौधरीलार्ई केही महिना अघि मात्रै संसद्मा सफथ गराइएको थियो । उनि हाल डिल्लीबजार कारागारमा छन् । उनको सांसद पद धरापमा परेको छ ।
बुटवल बहुमुखि क्याम्पसमा विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न

बुटवल बहुमुखि क्याम्पसमा विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न

National
विवश विष्ट बुटवल १३ फागुन। उच्च शिक्षाका लागि प्रदेश न. ५ कै सर्वोत्कृष्ट सरकारी क्याम्पस बुटवल बहुमुखि क्याम्पस बुटवल रुपन्देहीमा अध्ययनरत प्रथम बर्षका विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरिएको छ। अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको आयोजनामा भएको "स्वागत तथा बृहत् साँस्कृतिक कार्यक्रम २०७५"को सभाध्यक्ष बुटवल बहुमुखी क्याम्पस अनेरास्ववियु क्याम्पस कमिटिका अध्यक्ष भरत अर्याल रहनुभएको थियो। बुटवल बहुमुखी क्याम्पसका पुर्व स्ववियु सभापति,अनेरास्ववियु केन्द्रीय सभाका प्रमुख सचेतक खिम्लाल भट्टराई कार्यक्रमको प्रमुख अतिथि रहनुभएको थियो।अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रन्जित तामाङ,अनेरास्ववियुका पुर्व केन्द्रीय अध्यक्ष माधव ढुङ्गेल, अनेरास्ववियुका केन्द्रीय महासचिव ओम महत लगायतका अतिथिहरुको उपस्थित भएको थियो। कार्यक्रममा प्रथम वर्षमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहर
डा के सि ले अनशन तोडे

डा के सि ले अनशन तोडे

National
काठमाडौं / माघ १८ डा. गोविन्द केसीले अनशन तोडेका छन् । शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै डा. केसीले अनशन तोडेका हुन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको पहलमा डा. केसीले २४ औं दिनमा अनसन तोडेको बताइएको छ । डा. केसीलाई अस्पतालका सफाई कर्मचारी अमरित पुजारी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ डुंगानाले जुस पिलाएर अनशन तोडाएका हुन् । डा. केसीलाई आजै पूर्वराष्ट्रपति रामवरण यादव, पूर्व सभामुख दमनाथ ढुंगाना, केदारभक्त माथेमा, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललगायतले भेटेका थिए । उनीहरुले डा. केसीलाई ऐन कार्यान्वयनका आगामी प्रक्रियाहरु नजिकबाट नियाल्ने र चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदनअनुसार सुधार सुनिश्चित गर्न आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । यस्तै आजै प