Saturday, May 25

Sports

माझगाउँ क्रिकेट क्लबले सि कप २०७६ को आयोजना गर्दै

माझगाउँ क्रिकेट क्लबले सि कप २०७६ को आयोजना गर्दै

Sports
विवश विष्ट बुटवल/ जेठ ०४ माझगाउ क्रिकेट क्लबले इन्टर इन्स्टिच्युट ब्रिजकोर्ष ( सि कप २०१९) को आयोजना गर्ने भएको छ। बुटवलको माझगाउँमा अवस्थित माझगाउँ क्रिकेट क्लब ले विगतका वर्षहरुमा जस्तै यस बर्ष पनि सि कप २०१९ को आयोजना गरेको हो। भर्खर एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्ष्यित गरि उनिहरुको खेल क्षेत्रको रुचि बढाउने उदेश्यका साथ सि कप लाई निरन्तरता दिदै इन्टर इन्स्टिच्युट ब्रिजकोर्ष क्रिकेट प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष कमल पौडेलले बताए। बुटवल वाणिाज्य क्याम्पस खेल मैदानमा हुने खेलमा एईई दिएर बसेका विद्यार्थीहरु सहभागी हुनेछन। सि कप २०१९ को विजेताले नगद रु १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र पाउने छ। त्यसै गरि उपविजेताले नगद रु ५ हजार ट्रफि, मेडल र प्रमाणपत्र साथै म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेष्ट ब्याट्सम्यान, बेस्ट वलर, बेष्ट विकेटकिपर तथा बेस्ट फिल्डरले समे
बुटवलमा जारी भलिबल खेलको उपाधि बिएड दोस्रो बर्षलाई

बुटवलमा जारी भलिबल खेलको उपाधि बिएड दोस्रो बर्षलाई

Sports
विवश विष्ट बुटवल / चैत २२ अनेरास्ववियु बुटबल बहुमुखि क्याम्पसले शहीद प्रचण्ड थैव र देवीलाल पौडेलको स्मृतिमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको छ । सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज भलिवल प्रतियोगिता सम्पन्न भएको छ। आज भएको फाईनल खेलमा बिएड दोस्रो बर्ष विजयि भएको छ। बिएड दोस्रो बर्ष र बिएड साईन्स बिच भएको खेलमा ३-१ सेटले बिए दोस्रो बर्षले जित आफ्नो हातमा पार्न सफल भएको हो। आजै भएको महिला तर्फको खेलमा पनि बिए तेस्रो बर्षले जितेको छ। बिएड दोस्रो बर्ष र बिए तेस्रो बर्ष बिचको खेलमा बिएड दोस्रो बर्षले जितेको अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पस कमिट अध्यक्ष भरत अर्यालले जानकारी दिनुभयो। चैत १९ गतेदेखि सन्चालनमा आएको भलिबल खेलको उद्घाटन अनेरास्ववीयू केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज सरोज पोखरेल सोही दिन गर्दै शहीदले देखाएको बाटोबाट अगाडी बढ्नु पर्ने बताउनु भएको थियो।
अखिल क्रिकेट कपको समूह चरणका खेल सम्पन्न, आजको खेलमा सिएसआईटिको जित

अखिल क्रिकेट कपको समूह चरणका खेल सम्पन्न, आजको खेलमा सिएसआईटिको जित

Sports
विवश विष्ट बुटवल, १५ चैत अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसले सहिद देविलाल पौडेल र प्रचण्ड थैवको स्मृतिमा आयोजित साप्ताहिक कार्यक्रम अन्तर्गत अखिल क्रिकेट कप २०७५ (पाँचौ सस्करण)का समूह चरणका खेलहरु सकिएका छन। आज दोस्रो दिनको खेल बिएस्सि सिएसआटि जितेको छ। आजको खेलमा बिएससि सिएसआईटि भर्सेस बिएड साईन्स दोस्रो बर्ष बिच खेल भएको थियो।बिएससि सिएसआईटि ले टस जिति ब्याटिङ रोजेको थियो। निर्धारित समय १० ओभरमा १०१ रन को लक्ष्य प्रस्तुत गरेको थियो। जसमा सिएसआईटि का सन्जुले सर्वाधिक ३४ रन ल्याउन सफल भएका थिए। प्रस्तुत लक्ष्यको सामाना गर्दै बिएड साईन्सले ब्याटिङ गर्दै ५४ रनमा समेटियो। जसको फाईदा उठाउदै सिएसआईटिले ४६ रनको विशाल अन्तरले खेल जितेर क्वाटरफाइनलमा प्रवेश गरेको छ।

सिरिज मै नायक बनेका सन्दीप जोरा

Sports
सिरिज मै नायक बनेका सन्दीप जोरा युएई बिरुद्दको सिरिजमा नेपाली क्रिकेट टिमको लागि टि २० अन्तरास्ट्रिय खेलमा आफ्नो डेब्यु म्याचमै अर्धशतक बनाएका सन्दिप जोराले नयाँ बिश्व किर्तिमान कायम गरेका थिए । लक्ष्य पछ्याउने क्रममा जोराले पाँचौ नम्बरमा ब्याटिंग गर्दै अविजित ५३ रनको इनिंग खेलेका थिए। जोराले ४२ बलमा अर्धशतक पुरा गरेका थिए। उनले ४६ बलमा ३ चौका र १ छक्का प्रहार गरे पनि नेपाललाई जित भने दिलाउन सकेनन्। टिमले जित हात नपारे पनि जोराले भने नयाँ विश्व किर्तिमान कायम गरेका थिए ।
युएईलाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

युएईलाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

Sports
नेपाल थाइल्याण्डमा जारी महिला टी–२० स्म्यासको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले समुहकाे तेस्राे खेलमा युएईलाई ६ विकेटले पाखा लगायाे । टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो । युएईले ३५ रन बनाउदा पहिलो विकेट गुमायो । उनकी ओपनर इशा ओजा २८ रनमा आउट भइन । त्यसपछि सुभा बेन्काटारामन मात्र दुई रनमा पेभेलियन फर्किदा नेपालले दोस्रो विकेट लियो । युएईको स्कोर ५२ रन हुँदा तेस्रो विकेट झर्यो । उसकी कभिशा कुमारी ५ रनमा पेभेलियन फर्किइन । बलियो ब्याटिङ गरेको युएईले ९१ रन बनाउँदा चौथो विकेट खेर फाल्यो । उसकी चायाँ मुघल ३१ रनमा आउट भइन । त्यसपछि ९५ रन बनाउदा नेपालले युएईको पाँचौ विकेट लियो । सरिता मगरले इसानीलाई मात्र एक रनमा रनआउट गरिन । यस्तै रुवीनमा क्षेत्रीले हुमीरा तास्निमलाई तीन रनमा आउट गर्दा उसले ९९ रनमा ६ विकेट गुमायो । युएईका लागि चामानी सिनीभिरत
रोनाल्डो र मारियोको गोलमा युभेन्ट्स विजयी

रोनाल्डो र मारियोको गोलमा युभेन्ट्स विजयी

Sports
एजेन्सी – टोलीका प्रभावशाली स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र मारियो मान्जुकीचले गोल गरेपछि युभेन्ट्सले इटालियन सिरिएमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । शनिबार राती भएको खेलमा युभेन्ट्सले एसपीएएललाई २–० गोलले हरायो । युभेन्ट्सको जितमा रोनाल्डोले २८औं मिनेटमा डिबक्स भित्रबाट गोलगर्दै सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको युभेन्ट्सले ६०औं मिनेटमा मान्जुकीचको गोल मार्फत अग्रतालाई दोब्बर बनाएको थियो । मान्जुकीचलृ टोलीको कप्तानी समेत सम्हालेका थिए । मध्यभागमा औसत खेल खेलेको एसपीएएलले गोल गर्न सकेन । जितसँगै युभेन्ट्स लिगको शिर्ष स्थानमा छ । लिगमा १३ खेल सकेको युभेन्ट्सले १२ जित र एक बराबरीको नतिजा सहित ३७ अंक बनाएको छ । यसैगरी शनिबार रातीनै भएको अर्को खेलमा दोस्रो स्थानमा रहेको इन्टर मिलानले रेलिगेसन जोनमा रहेको फ्रोसिनोनेलाई ३–० गोलले हराएको छ । एकपक्ष