Saturday, May 25

युएईलाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

नेपाल थाइल्याण्डमा जारी महिला टी–२०
स्म्यासको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले
समुहकाे तेस्राे खेलमा युएईलाई ६ विकेटले पाखा
लगायाे ।
टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ६
विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो । युएईले
३५ रन बनाउदा पहिलो विकेट गुमायो । उनकी ओपनर
इशा ओजा २८ रनमा आउट भइन । त्यसपछि सुभा
बेन्काटारामन मात्र दुई रनमा पेभेलियन फर्किदा
नेपालले दोस्रो विकेट लियो ।
युएईको स्कोर ५२ रन हुँदा तेस्रो विकेट झर्यो । उसकी
कभिशा कुमारी ५ रनमा पेभेलियन फर्किइन । बलियो
ब्याटिङ गरेको युएईले ९१ रन बनाउँदा चौथो विकेट
खेर फाल्यो । उसकी चायाँ मुघल ३१ रनमा आउट भइन
। त्यसपछि ९५ रन बनाउदा नेपालले युएईको पाँचौ
विकेट लियो । सरिता मगरले इसानीलाई मात्र एक
रनमा रनआउट गरिन । यस्तै रुवीनमा क्षेत्रीले हुमीरा
तास्निमलाई तीन रनमा आउट गर्दा उसले ९९ रनमा ६
विकेट गुमायो । युएईका लागि चामानी
सिनीभिरत्नेले अविजीत २३ रन बनाइन । बलिङमा
नेपालका लागि सिता रानामगर, सोनु खड्का र
करुणा भण्डारीले एक एक विकेट लिइन ।
जवाफमा नेपालले १९ ओभरमा चार विकेट गुमाउँदै
लक्ष्य पुरा गर्यो । उत्कृष्ट सुरुवात गरेको नेपालले
पहिलो विकेटकालागि ६१ रनको साझेदारी गर्न
सफल भयो । तर सिता रानामगर ३७ रनमा आउट
भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि
डोली भट्ट मात्र सात रनमा पेभेलियन फर्किदा
नेपालको स्कोरबोर्डमा ७० रन थियो । काजल
श्रेष्ठपनि २५ रनमा आउट भएपछि नेपालले ८५ रनमा
तेस्रो विकेट खेर फाल्यो । त्यसपछि इन्दु बर्मापनि
१३ रनमा एलबीडब्लु धरापमा पर्दा नेपालले ८८ रनमा
चौथो विकेट गुमायो । अन्तिममा नेपालका लागि
रुवीना क्षेत्रीले नौ र नेरी थापाले ६ रन बनाइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *